काठमाडौं - आफ्नै फाउन्डेसन(शुभद्रा मदन 'शुभम' फाउन्डेशन )ले सञ्चालन गरेको विद्यालयका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत खोटाङले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए ।
जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब उनी बाहिरबाटै मुद्दा लड्न पाउनेछन् ।