×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लेवान्डोस्कीको ह्याट्रिकमा च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

लेवान्डोस्कीको ह्याट्रिकमा च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

काठमाडौँ- रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया पिजेनमाथि ५–१ गोल अन्तरको जित हात पारेको हो। बुधबारको खेलमा लेवान्डोस्कीले खेलको ३४ औं, पहिलो हाफको इन्ज्युरी समयमा र ६७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

खेलको १३ औं मिनेटमा फ्रान्क केस्सी र ७१ औं मिनेटमा फेरान टोरेसले १/१ गोल गरे। विपक्षी टोलीको तर्फबाट खेलको ४४ औं मिनेटमा जान सिकोराले एक गोल गरेका थिए। 

प्रतिकृया दिनुहोस्