×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ-मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । कार्तिक २३ गते सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । तिहार पछिको पहिलो कारोबार दिन सुनको मूल्य एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर आजकै भाउमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य दिनानुदिन वृद्धि भइरहेको छ । मंगलबार पनि सो बजारमा सुन प्रति अउन्स एक हजार ८२६ डलर भन्दा धेरैमा कारोबार भइरहेको छ । चाँदी भने सामान्य घटेर प्रति अउन्स २४.४४ डलर बराबरमा किनबेच हुँदैछ ।
अन्तरराष्ट्रिय बजारमा पछिल्लो ३० दिनमा सुन ७१ डलर भन्दा बढि वा ४.०६ प्रतिशतले बढेको छ ।त्यसैगरी पछिल्लो एक महिनामा चाँदी पनि १.८८ डलर वा ८.३४ प्रतिशतले उकालो लागेको छ ।

प्रतिकृया दिनुहोस्