×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१.३७ प्रतिशतले घट्यो नेप्से

१.३७ प्रतिशतले घट्यो नेप्से

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो ।

नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक ३.५८ प्रतिशतले गिरावट भएको छ । यता लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम २ अर्बबाट तल झरेको छ । गत मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९४ करोड र बिहीबार १ अर्ब ७६ करोडको कारोबार भएको छ ।

बिहीबारको तुलनामा कारोबार रकम केही बढे पनि आइतबार कारोबार रकम २ अर्बभन्दा तलै बसेको छ । आइतबार बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्