काठमाडौं - प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन गर्न सरकारी उच्चस्तरीय टोली आयोजना स्थल बैतडीको सिगास - ०५ ढुङ्गाड जाने भएको छ । टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचीव देवेन्द्र कार्की लगायत प्राविधिकहरु रहेका छन ।
डडेल्धुराका युवाहरुको बिशेष पहलमा सरकारी उच्च स्तरिय टोली आईतबार आयोजनाको बाध स्थल ढुङ्गाड जान लागेको हो ।
प्रधानमन्त्री देउवाको पहलमा पश्चिम सेती लगायत राष्ट्रिय गौरवका योजनालाई चाडो भन्दा चाडो संचालनमा ल्याई राष्ट्र र सुदूरपश्चिमको समृद्धिको ढोका खुलोस भन्ने ध्यय आफुहरुको रहेको युवाहरुले बताएका छन् ।