×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेवाताल अतिक्रमण गरेको धादिङका एक व्यापारी पोखरामा पक्राउ !

फेवाताल अतिक्रमण गरेको धादिङका एक व्यापारी पोखरामा पक्राउ !

 

पोखरा-धादिङको खाल्टे घर भई पोखरामा व्यावसाय गर्दै आएका व्यापारी युवराज खतिवडा पक्राउ परेका छन् । पोखरा उपमहानगरपालिका ५ बस्दै आएका खतिवडालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनलाई फेवाताल अतिक्रमणको अभियोगमा पक्राउ गरिएको हो । फेवाताल अतिक्रमणमा खतिवडाभन्दा ठूला अभियुक्तलाई भने प्रहरीले छुन सकेको छैन ।

कास्की प्रहरीको नेतृत्वमा व्यापारी तथा मिडिया मालिक रामेश्वर थापाका भाई रमेश थापा आएपछि उनले सामान्य व्यापारीलाई पक्राउ गरेर ठूलालाई तर्साउने गरेका छन् । केहीदिन अघि यौन व्यावसाय चलाएको अभियोगमा केही व्यापारीलाई पक्राउ गरेर तस्विर सार्वजनिक गरिएको केहीबेरमै तस्विर डिलिट गरिएको थियो ।खतिवडा पक्राउ परेको विषयमा भने प्रहरीले कुनै विज्ञप्ति समेत सार्वजनिक गरेको छैन ।

उनले फेवाताल अतिक्रमण हुनेगरि मापदण्ड विपरित डोजर लगाएपछि उनलाई प्रहरीले अभद्र व्यावहार मुद्दामा पक्राउ गरेको हो । आफूलाई सामाजिक अभियान्ताको रुपमा चिनाउँदै आएका खतिवडाले पोखरामा भने फोवा ताल नै अतिक्रमणको धन्दा चलाएको खुलेको हो ।
खतिवडाले आफू बसिरहेको घर समेत मापदण्ड विपरित निर्माण गरेको पाइएपछि वडा नम्बर ५ को वडा कार्यालयले मापदण्ड विपरितको संरचना भत्काएको थियो ।

प्रतिकृया दिनुहोस्