×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अन्ततः एमाले एकता नजिक, आज सहमति पत्रमा हस्ताक्षर हुँदै

अन्ततः एमाले एकता नजिक, आज सहमति पत्रमा हस्ताक्षर हुँदै

केही दिन देखी जारी नेकपा एमालेभित्र देखिएको विवाद आज समाधान हुने भएको छ । विवाद अन्त्यका लागि आइतबार सहमति पत्रमा हस्ताक्षर हुने भएको हो ।  आज बस्ने कार्यदलको बैठकका लागि दुवै पक्षका नेताहरू सिंहदरबार पुगेका छन् ।

आज बिहान ८ बजे बस्ने भनिएको बैठक नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा रहेकाले ढिलाइ भएको हो । दुई समूह बिच मिल्न बाँकी रहेका सम्पूर्ण विषय मिलिसकेकाले सहमति पत्रमा हस्ताक्षर हुन मात्रै बाँकी रहेको कार्यदल सदस्य सुवास नेम्वाङले बताएका छन् ।

उनका कार्यदलले तयार पारेको सहमति पत्रम कार्यदलले हस्ताक्षर गरी पार्टीका शीर्ष नेतालाई बुझाइनेछ ।

प्रतिकृया दिनुहोस्