×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए जापान कान्तो क्षेत्रको अधिवेशनको मिति तय, निर्वाचननको माहोल बढ्यो

एनआरएनए जापान कान्तो क्षेत्रको अधिवेशनको मिति तय, निर्वाचननको माहोल बढ्यो

जापान । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत कान्तो क्षेत्रको अधिवेशन हुने भएको छ । गत मे २५ तारिक आईतवार बसेको कार्यसमितीको बैठकले आगामी जुन २९ तारिक आईतवार सिनओकुवु स्थित सोलमारी मुरा हलमा कान्तो क्षेत्रिय समितीको नवौँ अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनका लागी विकाश क्षेष्ठको सयोजकत्वमा बाबुराम सापकोटा,शालिकराम भण्डारी, विजेश थकाली र हरि सापकोटा रहेको ५ सदस्यिय निर्वाचन समिती गठन गर्नुका साथै उम्मेदवारी शुल्क पनि निर्धारण गरिएको समितिका उपसयोजक दिपक सुवेदी बिप्लवले जानकारी दिएका छन् । एक जना संयोजक पदका लागी असी हजार ऐन, २ जना उपसयोजक, १ जना महिला उपसंयोजक र १ जना सचिव का लागी साठी हजार ऐन, एक जना कोषाध्यक्षका लागी पचास हजार ऐन त्यसैगरि एकएक जना सहसचिव, सहकोषाध्यक्ष र युवा सयोजकका लागी तिस हजार ऐन र अन्य दश जना सदस्य पदको उम्मेदवारीका लागी दश हजार ऐन शुल्क निर्धारण भएको छ ।

अधिवेशनको मिति घोषणा भएसगैँ निर्वाचनको माहोल एक्कासी तातेको छ । नेपालीहरुको सबैभन्दा धेरै जनसंख्या रहेको यस क्षेत्रमा को को उम्मेदवार बन्ने हुन निकै चासोको रुपमा हेरिएको छ । जापानमा गठित राजनितिक दलका भातु सगठन, बिभिन्न सामाजिक संघ सस्थाहरुले आफ्नो पक्षको उम्मेदवारलाई जिताउने कसरतमा लागेको देखिन्छ । आगामी कार्यकालका लागी बर्तमान कार्य समितिका उपसयोजकहरु नै सयोजक पदका लागी आकाक्षी रहेको गाईगुई हल्लाहरु सुनिन थालेका छन् ।  

प्रतिकृया दिनुहोस्