काठमाडौं- नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभल मैदानमा नेपालले सुरुवाती १६ ओभर सकिदा २ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । नेपालले प्रतिक पोखरेलको स्थानमा सागर गैरेलाई मौका दिएको छ । टोलीमा अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।
नेपालको प्लेइङ ११ :
दीप भुजेल, कार्तिक कामत, निरज यादव, अभिषेक तिवारी (कप्तान), सुर्यांशु कोइराला, आषिश लुहार (विकेटकिपर) , सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टराई, अशोक धामी र नरेन भट्ट ।