×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माघ १४ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

माघ १४ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा बोलाएका हुन् । बैठक माघ १४ गते दिउँसो ३ बजे बस्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुनेछ । राष्ट्रिय सभाको निर्वाचनको पनि समीक्षा हुनेछ ।भर्चुअल बैठकको लिङ्क पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एसएमएसमार्फत पठाइएको छ । कोरोना महामारीका कारण कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भुर्चुअलमार्फत बोलाएको हो ।

नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा पराजित गरेका छन् । एमालेले १ सिट मात्रै जितेको छ । बाँकी सबै गुमाएको छ ।कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेको भए पराजित हुने थियो । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई आवश्यक पर्ने मत छैन ।

प्रतिकृया दिनुहोस्