भोजपुर- जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन् । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ । यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ ।
ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ । स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ । प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसकदा उपचार गर्न उनीहरुलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ ।
यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरु बञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् । सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुरजिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउनुहुन्छ ।
धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । प्रमुख दास भन्नुहुन्छ, “जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचारपश्चात् बाहिर रिफर गछौँ ।” सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्नुहुन्छ, “यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् ।
खेतबारीमा काम गर्नै प¥र्यो । काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । ” नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु ९टिस्यु० लाई क्षतिग्रस्त पार्छ ।
यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ । केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताका छन् । सर्पको टोकाइको सिकार बढी किसाननै हुने गरेका छन् ।
त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । (रासस)