×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालगञ्जमा गठबन्धन विभाजित, एक्लै चुनाव लड्ने माओवादीको निर्णय

नेपालगञ्जमा गठबन्धन विभाजित, एक्लै चुनाव लड्ने माओवादीको निर्णय

काठमाडौँ- नेपालगञ्जमा सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा मत भिन्नता भए पछि गठबन्धन विभाजित भएको छ। नेकपा माओवादी केन्द्रले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा गरेको हो। केन्द्रीय नेतृत्वले निकालेको निष्कर्षमा आफूहरू सहमत हुन नसकेको उल्लेख गर्दै माओवादी केन्द्रले चुनावमा एक्लै होमिने निर्णय गरेको बताएको छ।

माओवादी केन्द्रले नेपालगञ्ज उ.म.न.पा.मा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा पर्ने अपेक्षा लिएकोमा केन्द्रीय नेतृत्वले सहमति नजनाएपछि नेपालगञ्जका माओवादी नेताहरूले पत्रकार सम्मेलनको आयोजना गरी सो निर्णय सार्वजनिक गरेको हो। सो घोषणासँगै माओवादी केन्द्रले अब नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने भएको हो।

प्रतिकृया दिनुहोस्