×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा महाधिवेशन: 'इलेक्ट्रोनिक मेसिन' बाट मतदान हुँदै, आजै नतिजा सार्वजनिक गरिने

रास्वपा महाधिवेशन: 'इलेक्ट्रोनिक मेसिन' बाट मतदान हुँदै, आजै नतिजा सार्वजनिक गरिने

काठमाडौं - चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। यस्तै, ९९ जना केन्द्रीय सदस्य चयनका लागि आज बिहानैदेखि 'इलेक्ट्रोनिक भोटिङ मेसिन' मार्फत मतदान गराउने तयारी भइरहेको छ। राति अबेरसम्म मनोनयन दर्ता चलेकाले मतदान केही ढिलो गरी सुरु हुने निर्वाचन समितिले जनाएको छ।

करिब ४ हजार महाधिवेशन प्रतिनिधि सहभागी रहेको यस महाधिवेशनमा कुल १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमा ९९ जना निर्वाचनबाट र बाँकी ५१ जना सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ। केन्द्रीय सदस्यको टुङ्गो लागिसकेपछि आजै साँझसम्म १९ जना पदाधिकारी चयनका लागिसमेत मतदान गराई आजै रातिसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने रास्वपाको तयारी छ।

प्रतिकृया दिनुहोस्