×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि।सं। साउन ७, २०७९ । ई।सं। २३ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । शनिबार श्रावण कृष्णपक्ष । तिथि- दशमी, १३:२८ बजे उप्रान्त एकादशी । नक्षत्र- कृत्तिका, २१:३८ बजे उप्रान्त रोहिणी । योग- गण्ड, १६:३८ बजे उप्रान्त वृद्धि । करण- भद्रा १३:२८ बजेदेखि वव, २६:०४ बजे उप्रान्त तैतिल । चन्द्रराशि वृष । आनन्दादि योग ध्वज । दिनमान ३३।५४ । सूर्योदय ५:२३ । सूर्यास्त १८:५६ । 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा काम पुन: सुचारु हुनसक्छ । शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलखीपूर्ण बोलीले काम बन्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै यात्रा र भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला, साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्