×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कतारलाई ६८ रनले हराउदैं नेपालको जित

कतारलाई ६८ रनले हराउदैं नेपालको जित

काठमाडौं- एसिसी प्रिमियर कपमाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले हराउदैं समुह विजेता बनेको छ । नेपालको जितमा सन्दीप लामिछाने एक्लैले ५ विकेट लिन सफल भए । यस्तै तिव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिदा अर्का स्पिन बलर ललित रावंशीले २ विकेट लिन सफल भए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४०.३ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको थियो । नेपालका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नवौं नंबरमा आएका सन्दीप लामिछाने सर्वाधिक ४२ रनमा अविजित रहे । साथै कप्तान रोहितकुमार पौडेलले २७ रन जोडे । नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। साथै आसिफ शेख १९ रन बनाएर पवेलियन फर्किए । यसअघि ओमानविरुद्ध शतक हानेका युवा अलराउन्डर कुशल मल्ल ३ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले १२ रन जोड्दा सोमपाल कामी र आरिफ शेखले समान ११र११ रन बनाए । बलिङमा कतारका अमिरले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, ओवाइस अहमेदले ३ विकेट लिए भने मुनवीराले २ विकेट लिए । मुहम्मद इक्रामुल्लाहको नाममा एक विकेट रह्यो ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । ओपनर कमरान खान ८ रनमा क्याच आउट भए । स्पिनर ललितनारायण राजवंशीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

कतारका प्रमुख ब्याटर इमाल लियानागेलाई सोमपाल कामीले छैटौं ओभरको अन्तिम बलमा ६ रनमा बोल्ड आउट गरे । सन्दीप लामिछानेले ओपनर जाहिर इब्राहिमलाई फस्ट स्लिपमा आरिफ शेखबाट १५ रनमा क्याच गराए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । सोमपाल कामीले मोहम्मद तनविरलाई शून्यमा बोल्ड गरेपछि कतार ९।४ ओभरमा ३२(४ को कमजोर अवस्थामा पुगेको थियो । सोमपाल कामीको १२ औं ओभरको अन्तिम बलमा इक्रामउल्लाह खान पाँच रनमा भीम सार्कीले स्क्वायर लेगमा सानदार क्याच लिएपछि कुवेत ३७–५ को अवस्थामा पुगेको थियो ।

सन्दीपको १३ औं ओभरको चौथो बलमा कप्तान मोहम्मद रिजलान आसिफ शेखबाट स्टम्पिङ आउट भएपछि संकटमा पुगेको छ । त्यसपछिका ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । आमिर फारुक १४ र वलिद ३ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनससहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

नेपालले ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाइसकेको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । अर्को खेल हंगकंगविरुद्ध कुवेतको भइरहेको छ ।मुलपानी रंगशामा भइरहेको साे खेलमा यदि हंगकंग विजेता भएमा उ समुह बी को विजेता बन्दै समुह ए काे उपविजेता ओमानको सामना गर्नेछ । तर यदि कुवेतले  हंगकंगलाई हराएमा कुवेत सेमिफाइनल प्रवेश गर्नेछ, भने हंगकंग प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिकृया दिनुहोस्