×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ- शनिबार थप १,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८,५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा १,१०३ र ३,२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी १,७१४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।  भने ४,७७१ जना काेराेना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्