काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। उनको शपथ ग्रहण कार्यक्रम आज साँझ ५ बजेका लागि तय गरिएको छ।
यो नियुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत भएको हो। श्रेष्ठले प्रदेश संसदीय दललाई लिखित निर्देशन पठाउँदै कैलाश चौधरीलाई मन्त्री बनाउन भनिएकी थिइन्। तर, प्रदेश संसदीय दलको बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गर्दै उनको नाम सिफारिस गरेको थियो।
श्रेष्ठको निर्देशन उल्लंघन गर्दै संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेपछि यो विषय पार्टीभित्रको असमझदारीको संकेतका रूपमा हेरिएको छ।