×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२५६ जीबी स्टोरेज भएको स्मार्टफोन भिभो भी २७ नेपाल आउदै

२५६ जीबी स्टोरेज भएको स्मार्टफोन भिभो भी २७  नेपाल आउदै

काठमाडौं- चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले भी २७ सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले भी २७ र भी २७ ई चाँडै नेपाली बजारमा ल्याउने जनाएको हो  नयाँ भी २७ सिरिजमा आकर्षक डिजाइन, शक्तिशाली पर्फर्मेन्स र स्मार्टफोनको अनुभव वृद्धिका लागि विशेष अपग्रेडहरू रहने बताइएको छ । विशेषगरी यो सिरिजका स्मार्टफोन मोबाइल फोटोग्राफीमा ‘गेम चेञ्जर’ हुने दाबी कम्पनीले गरेको छ ।

भिभो मोबाइलमा रहेको औरा लाइट पोट्रेटले पोट्रेट फोटोहरूमा एक्सपोजर बढाउँछ र प्रयोगकर्ताहरूलाई कम प्रकाशको समयमा पनि आकर्षक फोटो खिच्न सघाउँछ । भी २७ मा १२० हर्ज रिफ्रेश रेट भएको कर्भ स्क्रिन र पातला बेजल रहेका छन् । २४००X१०८० रेजोलुसन डिस्प्ले रहेको भी२७ मा डाइमेन्सिटी ७२०० (४ एनएम) प्रोसेसर राखिएको छ । जसमा १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज रहेको छ ।

तीन ओटा क्यामेरा राखिएको यो फोनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ । अगाडि भागमा अटोफोकस सहितको ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । फोनको ठूलो डिस्प्ले स्ट्रिमिङ तथा ब्राउजिङका उपयुक्त हुने अनुमान लगाउन सकिन्छ । भी २७ ई मा २.५ डी स्क्रिनका साथै १२० हर्ज रिफ्रेश रेट सहितको एमोलेड डिस्प्ले समावेश छ ।

प्रतिकृया दिनुहोस्