×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

गायक प्रकाश सपूतको ‘दमाई महाराज’ युट्युबको एक नम्बर ट्रेन्डिङमा

गायक प्रकाश सपूतको ‘दमाई महाराज’ युट्युबको एक नम्बर ट्रेन्डिङमा

काठमाडौं । गायक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ सार्वजनिक भएको चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । हिजो साँझ सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । चौबीस घण्टा नपुग्दै गीत युट्युबमा ११ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”

उनले गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियो निर्देशन पनि उनी स्वयंले गरेका छन् । भिडियोको कन्सेप्ट डिजाइन पनि सपूतकै रहेको छ ।

कोरियोग्राफी गजित विष्टले गरेको भिडियोमा अभिनय सपूत स्वयंका साथ अञ्जली अधिकारीको छ ।  

सपूतले विसं. २०८० सालमा जातीय विभेदविरुद्धका सिर्जना ल्याउने बताएका छन् । यसको सुरुआत उनले ‘दमाई महाराज’बाट गरेका छन् । सपूत समाजमा रहेका घटनालाई जस्ताको तस्तै टपक्क टिपेर गीति सिर्जनामा पस्किन सफल सर्जकको छवि बनाउँन सफल गायक हुन् ।

प्रतिकृया दिनुहोस्