×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा ६ अंककाे वृद्धि

सेयर बजारमा ६ अंककाे वृद्धि

काठमाडौँ- साताको चौथो कारोबार दिन बुधाबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन ६.४१ अंकले सेयर बजार बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ सूचक समेत १.४५ अंकले बढेर ३५९.५९ बिन्दुमा पुगेको छ । 

यस दिन जम्मा ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रुपैयाँमा १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर कारोबार भएको हो । यस दिन व्यापार, वित्त, अन्य, म्युचुअल फण्डबाहेक बाँकी ९ वटा समूहको समूहगत सूचक बढेका छन् ।

यस दिन मन्दाकिनी हाइड्रो, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रो, पञ्चकन्या माइ हाइड्रो जस्ता कम्पनीका सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेका छन् ।

प्रतिकृया दिनुहोस्