काठमाडौँ , नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि विष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ ।
नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. विष्ट र ट्रमा सर्जन डा. जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् ।
नर्भिकले आउने शनिबारदेखि नै सहुलियत दरमा घुँडा तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ ।
शनिबारको फ्री ओपिडीमा आउने बिरामीहरूले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको हस्पटलले जनाएको छ ।
बजारको भन्दा सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक इन्टरनेसनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।
हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियतदरको शल्यक्रिया सेवा समेत लिन सक्ने नर्भिकले जनाएको छ ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।
यही क्रममा शनिबार डा. विष्ट र उनको टिमले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरूलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।