×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

दोगडाकेदार गाउँपालिका-५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ । 

गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेकाे स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताए । इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन ।

प्रतिकृया दिनुहोस्