×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साफ यू-२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ यू-२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं- नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गोल गरिन् । नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो ।
खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।

भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । तर, भारतले भुटान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान अंक विहीन रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस्