×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मधेश प्रदेश

बुधवार सार्वजनिक विदा!

बुधवार सार्वजनिक विदा!

जनकपुर - जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै जितिया पर्व मनाउने महिलाहरुका लागि बुधवार सार्वजनिक विदा दिएका जनाएका हुन् । पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले भनेका छन्, ‘सन्तानप्रति आमाको स्नेह झल्काउने जितिया महापर्वले प्रदेशभरी नै आस्था र प्रेम कायम गरुन भनि कामना गर्दछु ।’ उनले ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्