×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनीमा नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीमा नयाँ सरकार गठन गर्न आह्वान

बुटवल - लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना  जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।
संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । 
यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् । 


माओवादी सांसद सुदर्शन बरालले भने, ‘चार दलीय गठबन्धनसँग ४२ सांसद छन्, भोलि नै कुलबहादुर केसी मुख्यमन्त्री बन्नुहुनेछ ।’

प्रतिकृया दिनुहोस्