धनगढी - तुलसी देवकोटा सुदुरपश्चिम प्रदेश सभा सदस्य र प्रदेश सभा विशेष अधिकार समितिकी सभापति छिन् । समाजसेवामा समर्पित देवकोटा विशेषगरी महिला सशक्तिकरण, वन संरक्षण र सामाजिक सुधारका क्षेत्रहरुमा सक्रिय छिन् । देवकोटाको सुदुरपश्चिममा महिला अधिकार र वन संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका छ । वि.सं. २०४८ साल देखी नेपाली काँग्रेसमा आवद्ध नेतृ देवकोटाले विभिन्न सामाजिक र राजनीतिक मुद्धामा सक्रिय उपस्थिती राख्ने गरेकि छिन् । उनले सुदुरपश्चिम प्रदेशमा महिला, जनजाती, पिछडियको वर्गको उत्थानका लागी विभिन्न पहल गरिरहेकि छिन् ।
वन र महिलाहरु मेरा प्रेरणा बने
विं.सं २०५५ सालमा प्रशंसा महिला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष भएपछि तुलसी देवकोटाले वास्तविक समाज बुझ्ने मौका पाईन् । त्यतीखेर तराई क्षेत्रमा अतिक्रमण बढीरहेको थियो । उनको उदेश्य थियो वन क्षेत्र स्थापित गराउनु । स्थानियको सहयोगमा अतिक्रमण हटाई वनलाई जोगाउन उनी सफल भईन् । समाजको एकतामा कती तागत हुन्छ भन्ने कुरा बुझीन् । बढी जसो वन र महिलाहरुका मुद्धामा काम गर्न सक्रिय देवकोटा हाल सुदुरपश्चिम प्रदेश सभा सदस्य एवम् प्रदेश सभाको विशेष अधिकार समितीको सभापति छिन् । सक्रियता उहि छ, भूमिका भने बद्लिएको छ । गत निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट समानुपातिक सांसदका रुपमा निर्वाचीत भईसकेपछि देवकोटाको सक्रियता र भूमिका अझ बढ्यो । “पहिले यसो गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, सांसदमा निर्वाचीत भईसके पछि काम गर्नमा ध्यान केन्द्रित छ” उनले भनिन् ।
वनले काम र संघर्ष गर्न सिकायो
“विभिन्न सामाजिक गतिबिधिमा लामो समयदेखी सक्रिय रहेपनि वन ले धेरै कुरा सिकायो” उनी भन्छिन् वनले संघर्ष गर्न सिकायो ।, त्यतिखेर अहिलेको जस्तो समाज थिएन, मान्छेलाई सम्झउन बुझाउनै गाह्रो उनी सम्झन्छन् ।” महिला दिदि बहिनीहरु सबै एक जुट भएपछि मात्रै हामीलाई काम गर्न सजिलो भयो । उनलाई प्रशंसा महिला सामुदायिक वन उपभोक्ता समुह, ऐश्वर्य महिला सामुदायिक वन उपभोक्ता समुह, वनदेबि महिला सामुदायिक वन उपभोक्ता समुह, पञ्चवटी महिला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष भएर काम गरेको अनुभव छ । “महिला सामुदायीक वनमा महिलाहरु नै आबद्ध हुने, दिदि बहिनीहरुको बिचमा रहेर काम गर्दा वनको संरक्षण संगै महिलाका अन्य समस्याहरु, महिलाको सशक्तीकरण र जिवन उत्थानका लागी के गर्न सकिन्छ भनेर विभिन्न योजनाहरुमा बनायौ, उनी थप्छिन् समाजिक रुपान्तरणका लागी महिला सशक्तिकरण नै पहिलो खुट्किलो भएको महसुस भयो ।”
सामुदायीक वनबाट महिला चेतना र जागरणका लागी विधिन्न कार्यक्रमहरुले केहि परिवर्तन भएको सम्झदै देवकोटा भन्छिन् त्यतीखेरको ठूलो समस्याको रुपमा घरमा केहि समस्या पर्दा साहुहरुबाट लीईएको क्रृणको चर्को ब्याज तिर्नु पर्ने । यो समस्या समाधानका लागी हामिले योजना बनायौ । एउटा सहकारी स्थापना गर्ने । फलस्वरुप विं.सं. २०५८ सालमा उहाँको नेतृत्वमा बिश्वज्योति महिला बिकास वहुउदेश्यीय सहकारी संस्थाको स्थापना भयो । सहकारी मार्फत सुलभ तरिकाले क्रृण प्रवाह, विभिन्न रोजगारीको सिर्जना गरि आय आर्जनमा बृद्धि, महिलाको क्षमता बृद्धि एवमे सशक्तकरणका सवालमा थुप्रै काम गरेको देवकोटा सम्झिन्छिन् ।
सन् २०१६ मा अब्राहम संरक्षण पुरुस्कार बाट सम्मानित देवकोटाको थुप्रै सामाजिक संस्थामा रहेर काम गरेको अनुभव छ ।