×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चार दिनदेखि हराएकी बालिका मृत फेला

चार दिनदेखि हराएकी बालिका मृत फेला

कर्णाली- चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

गएको शनिबार उक्त नगरपालिका–५ मा  आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन् । बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो ।

खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ”, प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।” (रासस)

प्रतिकृया दिनुहोस्