×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रसुवा नाकाबाट रक्सी र चुरोट तस्करी, डेढ करोडको सामान बरामद

रसुवा नाकाबाट रक्सी र चुरोट तस्करी, डेढ करोडको सामान बरामद

काठमाडौं- रसुवा नाका हुँदै रक्सी र चुरोट तस्करी हुन थालेको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध रक्सी र चुरोट बरामद गरेको छ।

भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो।

अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाईएको छ । निर्वाचनको मौका छोपी तस्करी हुन लागेको थियो।

यसमा केही सरकारी निकायकै मिलेमतोको आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्