×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

नेतृत्वको जीवनस्तर काठमाडौंमा तर सर्बसाधारण भारतमै ?

नेतृत्वको जीवनस्तर काठमाडौंमा तर सर्बसाधारण भारतमै ?

काठमाडौं - दलीयदेखि दलालियासम्म यात्राको उदाहरणीय बन्दै गरेको नेपाली राजनितिको  प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पनि प्रष्ट देखिन्छ। धेरै चुनाबहरु आए कयौं प्रतिनिधिहरु पनि फेरिए तर अहिलेसम्म नि चुनाब निर्णायक बन्न नसकेको ज्वलन्त उदाहरणमा एक जिल्ला बझाङ पनि हो। बझाङजस्ता कयौ बझाङहरु नेपालमा असफल अबस्थाका अबस्थापिका हुन। अब हामी आधुनिक र बैज्ञानिक तिर जानुपर्छ भन्ने त्यो दिग्गज मस्तिस्कमा किन उदाउदैनन। जबकी सारा नेपालीले विकल्पको बाटो खोज्न थालिसकेको कुरा त नेपालका अधिकांश शहरी इलाकाका जनताले स्थानीयमै देखाई  सके त् ! 
म आज दु:खका साथ भन्दै छु, त्यो ठाउको मान्छे हु जहाँ पाठ्यपुस्तकको अभाबमा आफ्नो बाल्यकाल बित्यो बर्षहरु बितेका छन् | जहाँ एउटा सानो हड्डी मर्कादा पनि एक्सरे गर्न अनि सिटामोल लिन सदुरमकाम धाउनु पर्छ। अनि सिटामोल पनि नपाएर दुर-दराजका गाउँका मान्छेहरुको जीवन धरापमा हुन्छ। एउटा टाका लगाउदा हजारौ खर्च गरेर सदरमुकाम वा धनगढी धाउनुपर्छ। ठिक छ, यति बर्ष भो हाम्रो नेपालमा गणतन्त्रको थालनी भएको तर पनि जनताले चाहे जति सेवा सुबिधा पाउन सकेनन्। तर दुखका साथ् भन्नुपर्दा जो जति बझाङको जनताको प्रतिनिधि र प्रतिनिधिसंग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएकाहरुको मात्र हालीमुहाली भएको छ। के हाम्रो शिक्षामा शैक्षिक गुणस्तर बिधार्थीको सिकाई स्वस्थ,स्वच्छ नीति जनशक्तीमा र समग्र रुपले हेर्दा मानिसको जीवनस्तर बदिलीयो र ? 
मेरो घर जयपृथ्वी नगरपालिका वडा न. ११ मा हो। जहाको ८० प्रतिशत जनता भारत गएर गुजारा चलाईरहेका छन। यो समस्या गाउ वडा मात्र होइन जिल्ला हुदै पुरै सुदुरपश्चिम प्रदेशको यथार्थ हो । यो बृदिदर  थुप्रै दशक देखिएको हो। मलाई ज्ञान भए अनुसार भारतबाट आफ्नो उज्जल भविष्यको परिकल्पना गर्दै प्रत्योक पटक नेपाल भोट गर्न आउनेहरु नि भेटि। जसले आफ्नै खर्चमा वा ऋण मागेर सम्म आएका छन्। मेरै ब्याक्तिगत सम्झना भए अनुसार बि.स २०६४ साल देखि का अनुभबहरुको पोको फुकाउने हो भने बझाङ बासीले रोड पाए होलान तर गाडी चढ्ने भाडा पाएनन। त्यो रोद पनि कसैको लैनो गाईझैँ बन्न गयो जो कि हरेक बर्ष मर्मत पर्ने। बिद्यालय पाए तर दक्ष कहिल्यै उचित शैक्षिक गुणस्तर, सामग्री अनि शिक्षक पाएनन। बिभिन्न तहका स्वास्थ्यो केन्द पाए तर दक्ष जनशक्ति र साधनको अभाबले सामान्य पिलो काट्न सदरमुकाम चैनपुर नै धाउन बाहेक बिकल्प छैन। यसो हिसाब गर्दा र सोच्दा गर्ने हो भने एउटा सामुदायिक बिद्यालय सरकारी तथा गौर सरकारी गरि अनुदान खर्च बजेट आबश्यक जनशक्ति एउटा उच्च स्तरीय बिद्यालय वा नाबुदर खाडी बिद्यालय भन्दा अधिक हुन्छ जहाँको विद्यार्थी संख्या नि न्यून हुन्छ । तर पनि शैक्षिक गुणस्तर काठमाडौं र बझाङ का बिद्यालयमा किन शैक्षिक गुणस्तर भिन्न हुन् जान्छ?  किनकी पारिवारिक सामाजिक नैतिक तथा आर्थिक पक्ष को लागि कहिले पहल भएन। बिद्यालय जाने समय बाहेक बिद्यार्थीहरुलाई बांकी पक्षले उनीहरुलाई चपेटामा पार्छ जसले उनीहरुको पढाई स्वतन्त्र हुन् दिएन पढ्ने काम मात्र गर्दा घरायसी कामले परिवार चल्न गाह्रो पार्छ। जसले गर्दा उनीहरुक्को भविष्य भारत र उनका छोराछोरीको भबिस्य त्यही दोहोरिन जान्छ,आउ... बझाङ बासीहरु हाम्रो प्रतिनिधिका उम्मेदवारलाई हामी हाम्रो सामाजिक सुरक्षा,स्थानीय उत्पादन,शिक्षा स्वास्थ्यको जिम्मेवार कहिलेसम्म हुन्छ सोधौ। हामीहरु पनि मनन गरौ समिक्षा गरौ र आफ्नो आफ्नो तह तह बाट उहाहरुलाई घच्घच्याउ, म बझाङका जनताको तर्फबाट बोल्दै गर्दा निम्न कुराहरु मनमा उब्जिन्छन। जुन अब आउने उम्मेदवारलाई हुन् ।

१. के तपाईहरु हजारौ बझाङवासीहरुसंग सम्झौता गर्न तयार हामीले बिगतका बर्षहरुमा उम्मेदवारका कुरा नि सुनौ अनि पत्यायौ पनि भोट दिएर एउटा संगठनलाई, ब्यक्तिलाई जिताए पनि अब हामी जाने भइसक्यौ अब तपाइँहरुलाई बिश्वास गर्न सक्दैनौ। तसर्थ आउनु होस् हजारौ जनताहरुसंग र सरकारी पक्ष राखी लिखित सम्झौता गरौ कि हामीले तपाईलाई जिताए पछि ५ बर्स के के गर्नुहुन्छ र नगरेको खण्डमा बिकल्पको बारे चर्चा होस् । 

२. के कम्युनिष्टहरु साच्चिकै कम्युनिष्ट हुन त? जनताको छोरा छोरीले ५ पढ्दै गर्दा पनि 'क' देखि 'ज्ञ' सम्म स्पट नेपाली आउदैन तर तपाईका छोराछोरी काठमाडौंका महँगो स्कुल पढ्नुहुन्छ। खै शैक्षिक सामान्तर ? यता बझाङमा सिटामोल नपाउदै गर्दा तपाईहरुको रुघाखोकी लागि नि कयौ आइ सी यु को बेडहरु स्वागत गर्छन तर खै त स्वास्थ्यको ग्यारेन्टी ? तपाइँहरु पार्टी वा संगठन लाग्नुपूर्व लागिसकेपछि तपाईको जीवनस्तर बदलिए तर खोइ जनताको बदलिएको। खै स्थानीयलाई उत्पादनसंग जोडेर कि त तपाइँहरुसंग विलासी जीवनस्तर हुदै गर्दा जनतालाई पुग्ने हो त? के उहाँको भविष्य भारतको चौकीदारीमै होत। पोहोरसालको एउटा बाढीले सडक अबरोध हुदा भएको खाद्यान अभाबको ज्ञान छ मलाइ के स्थानीय उत्पादनसंग किसानलाई कहिले जोड्ने त् ? 

३. पछिलो समयमा हुदै आएको नेतृत्व उत्पादन: आशिर्बाद, कृपाबाद नाताबाद ,गुण्डाराज दलालबाट उत्पादन हुदै गरेको हाम्रो नेत्रृत्व संगठन को नेतृत्व हुन् सक्ला चुनाब जित्न सक्ला कहिले पनि जनता र देशको नेतृत्व बन्न सक्दैन र यो मुल्याकं अराजकताको प्रतिक मात्र बन्ने छ।

४. एउटा व्यक्तिलाई र संगठनलाई कयौं दशक नेतृत्व दिने, टिकट पाउने र जनताले हरेक पटक तिनैलाई जिताउने। तर पनि स्थानीय भुइमान्छेको जीवन नफेरिने तर जित्नेको जीवनस्तर कायापलट नै भाको छ। हामी विकल्पको खोजीमा छौ। हरेक पटक दललाई पालो दिईसक्यौ अब हामीले जान्नुपर्छ कि दलहरु असफल हुन,दुर्लभ हुन् ,लक्ष्य हिन हुन राजतन्त्र ढलो गणतन्त्र आयो ब्याक्ति बदलिए तर अबस्थाको तौर-तरिका बदलिएन। जहाँनियालाई ,नाताबादले,चाकडीबाजलाई,कृपाबादले,राजालाई पालिकादेखि सदनसम्मका ब्यक्तिले मात्र स्थान्तरण गरिए के हामीलाई अहिलेको नेतृत्वले हाम्रो बिकल्प दिन सक्छ। 
कि हामी नयाँ विकल्पको खोजि गर्ने?  हैन भने गाउँ-गाउँबाट लखेट्नु होस् जो अराजक छन् जसले तपाइको भविष्य भारतको बैंगलोर र दिल्लीलाई देखाउछ। र तपाइँ तपाइको छोराछोरीको नि त्यही हुन्छ तर आफ्नो सन्ततिको परिकल्पनामा भने डाक्टर इन्जीनियर व्यापारी अनि ठुला राष्ट्र र पदको सपना देख्ने।
देखाइदिनुहोस कि हामी लाटा झोले होइन, हैनौ भनेर हामी सहनशील हौ हामी हाम्रा सन्ततीको भविष्य हामी आफै लेख्छौ। जनताको अन्तिम बिकल्प जनतासंग समावेशी भएर बस्ने जनबादी नेतृत्व हो। बर्षौ काठमाडौंमा परिवारसंग  बसेर  चुनाबमा बझाङ उक्लिने पर्यटक हैन।

प्रतिकृया दिनुहोस्