×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रदेश

धनगढी उपमहानगरका एक वडाध्यक्ष पक्राउ

धनगढी उपमहानगरका एक वडाध्यक्ष पक्राउ

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष पक्राउ परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडाबाट वडाध्यक्ष शेरबहादुर महरालाई चेक अनादर मुद्दामा प्रहरीले पक्राउ गरेको हो । 

उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चेक अनादर मुद्दामा अदालतले वडाध्यक्ष महरालाई उपस्थित गराउन निर्देशन जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार वडाध्यक्ष महाराविरुद्ध कृष्णकुमार राना वादीले मुद्दा दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस्