×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भक्तपुरमा नालीमा लडेर वृद्धको मृत्यु

भक्तपुरमा नालीमा लडेर वृद्धको मृत्यु

 काठमाडौं - नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडिको नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो । 
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए । 
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्