मोरङ- सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमा कांग्रेसका कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि नतावको स्थिति उत्पन्न भएको छ । कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा पूर्णविराम लगाएकी चौधरीको विजय जुलुसमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेका हुन् ।
विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि दुहबीमा दुवै पक्षबीच झडप भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा वादविवाद भएको तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताए । स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिनुका साथै अब पुनः कुनै अप्रिय घटना हुन नदिन जिल्ला तहको नेतासँग समन्वय गरिरहेको प्रजिअ यादवले बताए ।