काठमाडौँ- आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर बिहान खोलामा खसेको हाे ।
प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काकाअनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको छ ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो । ‘टिपरमा चालकबाहेक अरू कोही भए नभएको खुलेको छैन,’ उपरीक्षक उनले भने ।