×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक

‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक

काठमाडौँ- भदौको ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगञ्ज’को ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको छ । यो फिल्मले २ पुस्ताको प्रेम कथा भनेको छ । फिल्ममा नायिका सुरक्षा पन्त विशेष भूमिकामा छिन् । फिल्मले मुख्यतयाः नायिका बेनिशा हमाल र कलाकार तेज गिरीविचको प्रेम भन्छ ।

तेजलाई पर्खिएर हरेश खाएपछि जीवनलाई नयाँ मोडलमा पुर्याएकी एक यूवतीको भूमिकामा बेनिशा छिन् । फिल्ममा राइडर प्रशान्त र सुप्रिया खनालको प्रेम कथा पनि रोचक रुपमा देखाइएको छ । यी बाहेक फिल्ममा सम्पदा बानियाँ, सिम्रन खड्का, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाइली, पवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।  परिच्छेद सेनको कथा, पटकथा र निर्देशनमा तयार भएको यो फिल्ममा संजय लामाको छायांकन, किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, निर्मला लामिछानेको लगानी छ ।

फिल्ममा प्रकाश झा, अन्जना श्रेष्ठ, भवन बस्नेत, शेखर पोख्रेल, भरत काफ्ले, राजेश ढकाल, मित्रलाल ढकाल, उमानाथ वीके, विकल्प भट्टराई र ध्रुवराज घिमिरे सह–निर्माताको रुपमा छन् ।  अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा किरण भुषाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज प्याकुरेलको संगीत छ ।

प्रतिकृया दिनुहोस्