काठमाडौं । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका-३ कुनौटामा निर्माणको चरणमा रहेको दरखोला हाइड्रोपावर प्रा.लि को वित्तीय सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । दरखोला हाइड्रोपावर प्रा.लि द्वारा प्रर्वद्धित ६.५ मेगावाटको दरखोला हाइड्रोपावर आयोजना निर्णाणका लागि आयोजनाको वित्तीय सुनिश्चितताका लागि NMB बैंक संग हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
NMB बैंक को मुख्य कार्यालय रहेको ववरमहलमा एक कार्यक्रमका बिच NMB बैंक तथा दरखोला हाइड्रोपावर प्रा.लि को बीच जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको हो । यो जलविद्युत आयोजनाको लागत करिब रु १३० करोड रुपैयाँ रहने छ जसमा NMB बैंक को ७० प्रतिशत अर्थात ९१ करोड ऋण र आन्तरिक स्वपुजी लगानि ३९ करोड रहनेछ ।
दरखोलाको पानी Q४२.४२ मा डिजाइन भएको पानिलाई १२ मिटर चौडाइको बाध बनाइ, १.४४ घनमिटर प्रति सेकेण्ड को पानि दुई वटा ढोकाबाट छिराएइ ३० मिटरको पानि छान्ने पोखरीमा पानि छानेर ४.५ कि.मि पाइप लाइन बिच्छाएर ५४८ मिटरको हेड बाट २ वटा मेसिन ( टरबाइन) मा प्रति मिनेट ७०० चोटी घुम्ने गरि ६.५ मेगावाट बिद्युत निकालि पिपिए इनर्जि ३६GWH उत्पादन गरि, करिब ७ किमि लम्बाईकको ३३ के.भी प्रसारण लाइन बाट नेपाल बिद्युत प्राधिकरणको डाँडाखेत सवस्टेसनमा जोडने योजना छ।आयोजनामा कुनै सामाजिक समस्या नआउने गरि अहिले आयोजनाको काम भैरहेको छ।आयोजना सम्पन्न पस्चात छिटै IPO मा जाने लक्ष्य अनुसार काम भै रहेको छ।
आयोजनालाई चाहिने व्यक्तिगत जग्गा खरिद गरि सकिएको छ र सरकारि जग्गा प्राप्तिको काम अगाडी बढी रहेको छ।आयोजनामा हाइड्रोपावर मै काम गरिसकेका अनुभवि कर्मचारि सहित लगानि कर्ता र कर्मचारीहरु रहेका छन।आयोजना छिटो सक्ने तरिकाले अनुभवि योग्य ठेक्दार कम्पनि छानि कार्य अगाडी बढी सकेको छ।
ऋण सम्झौता मा बैंकको तर्फबाट NMB बैंक का दिगो ऊर्जा बैंक प्रमुख दिनेश दुलाल तथा दरखोला हाइड्रोपावर प्रालिको तर्फबाट दरखोला हाइड्रोपावर प्रालिका अध्यक्ष श्री रेशम प्रसाद भण्डारी ,संचालक बलभद्र ढकालले उक्त ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्दै सम्झौता पत्र बैंक तर्फबाट बरिष्ठ डि सि ओ सुदेश उपाध्याय आदान प्रदान गर्नुभयो । सो सम्झौतामा आयोजनाका संचालक, कलिराम पर्जाको उपस्थिति रहेको थियो । आयोजना प्राविधिक पारमप्शदाताको तर्फबाट सुवास चन्द्र बराल र बित्तिय परामर्सदाता नारायण प्रसाद पौडेल को पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष , स्थानीयको लगानी,अन्य सफल ईन्जिनियरहरुको लगानि हेरेर बैंकले ऋण लगानी गरिएको आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले बताउनुभयो ।