×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो ।

यसअघि मंगलबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टे स्पष्टिकरणको पत्र नआएको नेता माधवकुमार नेपाल समूहका नेताहरुले कताएका छन् ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले आफूहरुको विभिन्न प्रदेशमा कस्तो अवस्था रहेको छ भन्नेबारे समीक्षा गरेका थिए ।

प्रतिकृया दिनुहोस्