×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अविश्वास प्रस्ताव फिर्ता, जाेगियाे मुख्यमन्त्री राईकाे पद

अविश्वास प्रस्ताव फिर्ता, जाेगियाे मुख्यमन्त्री राईकाे पद

काठमाडाैँ ।  प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकाे मुख्यमन्त्री पद जाेगिएकाे छ । मुख्यमन्त्री राईमाथि गत पुस १२ गते प्रदेश सभाको विश्वास छैन भनी तत्कालीन नेकपा भित्रका असन्तुष्ट पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव मंगलबार फिर्ता भएको हो । 

अविश्वासको प्रस्ताव फिर्ता लिनेमा भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेशकुमार काङवाङ, तुलसीप्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लिलाबल्लभ अधिकारी, खिनु लिम्बु, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशी रहेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्