काठमाडौं- स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले शनिवार र आइतवार बदलीसँगै वर्षा गराउने उनले बताए । रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।