काठमाडाैँ- सर्वाेच्च अदालतले बाजुराकाे बुढीगंगा गाउँपालिकामा पुनः निर्वाचन गर्न आदेश दिएकाे छ । निर्वाचन प्रक्रिया विवादित बनेकाे बुढीगंगामा यसअघि भएकै मतदानकाे मतगणना हुनुपर्ने माग राख्दै बुढी गंगाका मतदाता रहेका दलबहादुर सावदकाे रिट अस्वीकार गर्दै कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सावदकाे मागमाथि अन्तरिम आदेश अस्विकार गर्दै पुनः निर्वाचन गर्न भनेकाे हाे ।
वैशाख ३० गते भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै आयोगले उक्त मतदान रद्द गरी पुन: मतदानको नयाँ मिति तोकेको थियो । अदालतकाे आदेशसँगै असार २३ गते निर्वाचन गर्ने बाटाे खुलेकाे छ ।