×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. साउन ३, २०७९ । ई.सं. १९ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । मंगलबार श्रावण कृष्णपक्ष । तिथि- षष्ठी, १३:०४ बजे उप्रान्त सप्तमी । नक्षत्र- उत्तरभाद्रपदा, १७:५४ बजे उप्रान्त रेवती । योग- अतिगण्ड, १९:५२ बजे उप्रान्त सुकर्मा । करण- वणिज १३:०४ बजेदेखि भद्रा, २४:४१ बजे उप्रान्त कौलव । चन्द्रराशि मीन । आनन्दादि योग सिद्धि । दिनमान ३४।०४ । सूर्योदय ५:२१ । सूर्यास्त १८:५८ । 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्