×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घोषणापत्र निर्माणका लागि एमालेले माग्याे सुझाव, इमेलमार्फत पठाउने सकिने

घोषणापत्र निर्माणका लागि एमालेले माग्याे सुझाव, इमेलमार्फत पठाउने सकिने

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा–पत्रमा समावेशका लागि पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्क्तिलाई यही भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको हाे ।

पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टी सम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझावसमेत दिएका छन् ।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जन साधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ ।

एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिन आह्वान गरिएको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले partyhq@cpnuml.org मा पठाउन सकिने अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्