×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

यसरी रोक्नुहोस् माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट ।

यसरी रोक्नुहोस् माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट ।

काठमाडौं - माइक्रोसफ्ट टिम्स अनलाइन भिडियो कन्फेरेन्सिङमा एकदमै लोकप्रिय भईरहेको एप हो । लामो समय सम्म कल गर्न पाउने र धेरै सहभागीहरु जोइन गर्न मिल्ने हुँदा यो एप अझै लोकप्रिय बन्दै गएको हो ।

फिचरहरु राम्रो भएता पनि यो एप पिसी अथवा ल्यापटप खोल्ने बित्तिकै स्वतः रुपमा सुरु हुने गर्दछ जसले गर्दा प्रयोगकर्ताहरुलाई समस्या सिर्जना गरिरहेको हुन्छ ।

आज हामी माइक्रोसफ्ट टिम्सलाई अटो रुपमा अन हुनबाट कसरी रोक्ने भन्ने बारेमा जानकारी दिदैछौँ ।

  • यसका लागि सर्वप्रथम आफ्नो विन्डोज पिसीमा स्टार्ट मेन्यु खोल्नुहोस् ।
  • त्यसपछि सेटिङ्गमा क्लिक गर्नुहोस् ।
  • यति गरेपछि एप्मा क्लिक गरेर स्टार्टअपमा क्लिक गर्नुपर्ने हुन्छ ।
  • अब माइक्रोसफ्ट टिम्स छेउको टगललाई बन्द गर्नुपर्छ । 

प्रतिकृया दिनुहोस्