×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर  शनिबार शक्तिशाली भूकम्प आएको छ ।  भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार विहान ७ः१४ बजे ५।९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् । 

भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरु घाइते भएको हुनसक्ने बताइएको छ । 

भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्