×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवेकशीलमा नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत

विवेकशीलमा नयाँ नेतृत्वका लागि  त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत

काठमाडौं- आज (शुक्रवार)बाट सुरु हुन लागेको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनका लागि तीन जनाले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन् ।

उक्त पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य थालिसकेका छन् ।

‘अध्यक्षका लागि अहिलेसम्म तीन जनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ, परियारले भने ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहानदेखि सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार महाधिवेशनपछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ । आजदेखि प्रारम्भ हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

भोलि शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । उक्त पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले ‘विचार भन्दामाथि देश’ भन्ने फरक प्रतिवेदन पेश गरेपछि विवेकशील पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्