×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोंगबु गेष्टहाउसमा एक पुरुषको शव फेला

  • IT |
  • चैत २९, २०७७
गोंगबु गेष्टहाउसमा एक पुरुषको शव फेला

काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर २७ मित्रनगर गोंगबुस्थित गेष्टहाउसमा एक पुरुषको शव भेटिएको छ । 


गोंगबुको गोदावरी सन्तोषी गेष्टहाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।गेष्टहाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो ।
 सो कोठा राजु क्षेत्रीको नामबाट  बुक गरिएको गेष्टहाउसको रेकर्डमा देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्