×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महामन्त्री हुँदा भूमिकाविहीन भएका शशांकले किन सभापति उठ्छु भने ?

महामन्त्री हुँदा भूमिकाविहीन भएका शशांकले किन सभापति उठ्छु भने ?

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पार्टीको आगामी महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका छन् । पछिल्लो समयमा मात्र राजनीतिमा उदाएर अचानक प्रगति गरेका उनको राजनीति इतिहास वर्णनयोग्य नै छ ।

उनी कांग्रेसको १३ औं महाधिवेशनबाट महामन्त्री भएका थिए । मतदातासँग मत नै नमागी उनले सजिलै महामन्त्री जितेका हुन् ।

उनीसँग महामन्त्रीमा सभापति भएका शेरबहादुर देउवाको समूहबाट अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहबाट केसीका आफ्नै छोरी ज्वाँई गगनकुमार थापा उठेका थिए । अलग अलग समूहबाट महामन्त्रीको उम्मेदवार बनेका ज्वाँई ससुराले नै महाधिवेशनमा पराजित हुनुपर्‍यो । कोइरालालाई विपी कोइरालाको छोरो भनेर नै धेरैले मतदान गरेका थिए तर अहिले उनी परीक्षण भइसकेका छन् ।

विपी कोइरालाको नामबाट नै धेरै कोइरालाले राजनीति गर्दै आएका छन् तर विपीको विचार र सिद्धान्त अनुसार उनीहरु चलेका छैनन् । विपी कोइराला २०१५ सालको निर्वाचनबाट प्रधानमन्त्री भएका थिए । शशांकले महामन्त्री हुँदा कतै पनि पार्टी विस्तार गरेका छैनन् ।

नबोलेर नै उनले झण्डै साढे ५ वर्ष बिताएका छन् । महामन्त्री भएर पनि पार्टीको लागि केही काम गर्न नसकेको भनेर उनकै गुटका नेता तथा कार्यकर्ताले पटकपटक आलोचना गर्दै आएका छन् तर पनि उनी त्यसलाई सुधार्ने पक्षमा देखिएका छैनन् ।

‘उनी निर्वाचित महामन्त्री हुन् यसलाई मान्नैपर्छ तर महामन्त्रीले कामचाहिँ के गरे भन्ने प्रश्न गर्दा जवाफ दिने ठाउँ छैन’ कोइरालापक्षीय एक नेताले भने ‘ सभापतिको स्वाभाविक उम्मेदवार हुन् उनी तर विपीको छोराको नाममा मात्र अब राजनीति गर्छु भन्दा चल्छ कि चल्दैन ?’ शशांकसँगै शेखर कोइराला र अरु धेरै नेताहरुले सभापति उठ्ने दाबी गरेका छन् । यो समूहमा आन्तरिक मतभेद भएको र उम्मेदवारका आकांक्षी बढी भएकाले पनि समूह व्यवस्थापन गर्न समस्या छ उनीहरुलाई ।

उता भर्खरैमात्र प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने निश्चित छ । देउवा आफूलाई बलियो उम्मेदवार भएको दाबी गर्छन् । अर्को पक्षमा आन्तरिक किचलो भएकाले आफू फेरि सभापति हुने देउवाको बुझाई छ । एकपटक परीक्षण भइसकेकाले र महामन्त्रीजस्तो भूमिकामा रहँदा पनि निस्क्रिय भएकाले शशांकमा चुनौती थपिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्