×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

धादिङकि ६ बर्षिय रजज्ञ श्रेष्ठ सारेगमप लिटिल चाम्समा

धादिङकि ६ बर्षिय रजज्ञ श्रेष्ठ सारेगमप लिटिल चाम्समा

 

धादिङ-अहिले सारेगमप लिटिल चाम्सको अडिसनमा गाएको मीठो गित र स्वरको कारण धादिङ निलकण्ठ ४ पौवाकी ६ बर्षे रजज्ञ श्रेष्ठ चर्चाकि पात्र बनेकी छिन् । २०७२ असार  5 गते आमा जमुना लामिछाने(श्रेष्ठ) र बुवा रमेश श्रेष्ठको कोख बाट धादिङ अस्पतालमा जन्मेकी उनी अहिले गोल्डेन हराइजन एकेडेमी काठमाण्डौँमा कक्षा १ मा अध्ययनरत छिन् ।

सानै उमेरमा उनलाइ गित संगितको मोह लागे पछि संगीत सिकाउनकै लागि बुबा आमाले काठमाण्डौँ लानुभएको हो र बिगत ६ महिना देखि रेडियो नेपालका बरिस्ठ संगितकार प्रकाश गुरुङसँग उनिले संगीत सिक्दै आइरहेकी छिन् । यसै क्रममा साना उमेरका नानीबाबुको लागि दुई कार्यक्रम सारेगमप लिटिल चाम्स र भोइस अफ नेपाल किड्स आए संगै उनिले दुबै कार्यक्रममा डिजिटल अडिसन दिएकी थिइन र सारेगमपमा उनी फिजिकल अडिसन बाट समेत सेलेक्ट भएकी छिन् भने भोइसको लागि (अन्ध अडिसन)को तयारी गरीरहेकी छिन् । यसका अलवा उनको अभिनयलाई समेत धेरैले मन पराउनुहुन्छ र टिक टक मार्फत उनलाई राम्रो प्रतिक्रियाहरु आउने गरेको छ।।

प्रतिकृया दिनुहोस्