×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज संसदीय दलको नेता छान्दै रास्वपा

आज संसदीय दलको नेता छान्दै रास्वपा

काठमाडौँ । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता आज चयन गरिँदै छ । त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगन्जमा बधाई दिने कार्यक्रम पनि राखिएको छ । बधाई कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ ।

प्रतिकृया दिनुहोस्