×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईपीएल : लिग चरणको अन्तिम खेलमा आज बेङ्गलुरु र लखनउ भिड्दै

आईपीएल : लिग चरणको अन्तिम खेलमा आज बेङ्गलुरु र लखनउ भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम तथा महत्वपूर्ण खेल हुँदैछ। यो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ।


नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा खेल शुरू हुनेछ। अङ्क तालिकामा १३ खेलबाट १७ अङ्कसहित तेस्रो स्थानमा रहेको आरसिबीका लागि यो खेल 'गर या मर' को अवस्थामा छ।

आजको खेल जितेमा बेङ्गलुरु प्लेअफ अन्तर्गत क्वालिफायरमा पुग्नेछ। तर, आरसिबी पराजित भएमा हाल दोस्रो स्थानमा रहेको गुजरात टाइटन्स क्वालिफायरमा पुग्नेछ। लखनउ सुपर जायन्ट्स भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ।


यसैबीच, हिजो भएको खेलमा पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै १९ अङ्कसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

प्रतिकृया दिनुहोस्