×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

इस्लामावाद- पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ । त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका छन् । तर भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भएको समाचारमा जनाइएको छ ।

उद्धार टोलीले शुरुमा बसबाट शव निकाल्दाँ पाँच जनाको मृत्यु भएको जनाइएको थियो । तर घाइते भएकाहरुको मृत्युपछि उक्त सङ्ख्या १३ पुगेको उद्धार अधिकारीहरूले बताएका छन् ।

बाँकी घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । पाकिस्तानमा मुख्यतया खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका प्रायः सडक दुर्घटनाहरू हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस्